२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा गर्नुपर्छः काँग्रेस नेता कोइराला

काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले पदबाट राजीनामा गरेर मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन्। प्रधानन्यायाधीश जबरा कार्यपालिकामा भाग खोज्ने व्यक्ति भएको उल्लेख गर्दै नेता कोइरालाले त्यस्ता व्यक्तिबिरुद्ध राजीनामा माग हुनु स्वभाविक भएको बताए।

नेपाली काँग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले बुधबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य डा कोइरालाले जबरालार्इ कार्यपालिकामा भागबण्डा गर्न दिने पक्ष पनि उत्तिकै दोषी भएको बताए। ‘जबरा कार्यपालिकामा  भागबण्डा खोज्ने व्यक्ति हुन्। यसमा भाग लिने पक्ष मात्रै हैन भाग दिने पक्ष पनि उत्तिकै दोषी छ। काँग्रेसले यसमा बोल्नु पर्दैन, के हामी काँग्रेस भएकै कारण चुप लागेर बसेका हौ?’ नेता कोइरालाले भने।

नेता कोइरालाले आम नेता कार्यकर्ताको चाहाना अनुरुप नेपाली काँग्रेसले आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा पनि राखे। महाधिवेशन प्रभावित पारी आफनो पक्षमा अनुकुल पार्न पार्टी सभापति शेरबहादुर देउवाले व्युरोकेट्स प्रयोग गरिरहेको आरोप समेत लगाए।

कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु रेवतीप्रसाद भुसाल, कपिलबस्तु सभापति सुरेन्द्रराज आचार्य, रोल्पाका सभापति अमर पुन, गुल्मीका सभापति भुवन श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष गोबिन्द पोखरेललगायतले बोल्दै पार्टी चलायमान बनाउन सक्ने सशक्त नेतृत्व अवको आवश्यकता भएको भनाइ राखे।

प्रकाशित: १७ कार्तिक २०७८ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App