२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।

दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–८ वडा इकाइ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी उसले गरेका फजूल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिए।  

आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे। देशलाई वेथितिबाट पार लगाउन नेपाली काङ्ग्रेसको नेतृत्वमा वर्तमान सरकार गठन भएको तर्क गर्दै उनले जनचाहनाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए। ‘इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन, आहत पारेको छ’, उनले भने। 

प्रकाशित: १३ कार्तिक २०७८ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App