५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री शाक्यको सम्बोधन: विगतमा गरेको दुःख खेर नजाओस्

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा सम्बोधन गरेकी छन्। सम्बोधनको क्रममा मुख्यमन्त्री शाक्यले नेपाली राजनीतिले बाटो बिराउने हो कि भन्ने चिन्ता लागेको बताइन्। उनले नेपालको राजनीतिक परिवर्तनका लागि सबैको योगदान महत्वपूर्ण भएकाले राजनीतिक स्थायित्वको जिम्मेवारी पनि स्वयम् राजनीतिक दलले लिनुपर्नेमा जोड दिइन्।

उनले २०६२÷०६३ सालमा संयुक्त आन्दोलन गरी हासिल गरेको राजनीतिक उपलब्धिलाई संस्थागत गर्नका लागि एक हुनुको विकल्प नभएको उनले बताइन्। उनले अहिले परिस्थिति जटिल बन्न खोजेको, लोकतन्त्र नै खतरामा पर्ने चिन्ता जनाइन्।

उनले २०३६ सालमा पढाइ, घर छोडेर राजनीतिमा होमिएको स्मरण गरिन्। आफूले दुःख गरेको योगदान खेर नजाओस् भन्दै मुख्यमन्त्री शाक्यले परिवर्तनलाई आतमसात गर्दै जनताको हितमा लगाउनुपर्ने समेत बताइन्।

प्रकाशित: १० कार्तिक २०७८ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App