८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझौँ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन्। महासचिव पोखरेलले दश बुँदे सहमतिलाई जीवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे।  

पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरुलाई समेटेर लैजाँदा मात्रै १० बुँदे सहमतिको जीवन्त कार्यान्वयन हुने दावी समेत गरे।  

‘दश बूँदे ठिक छ। त्यो सुझाव हो। त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने। रचनात्मक ढंगले बुझ्ने। जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने। अव के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्ने बारे समीक्षा गरौंला। तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेटदै लैजाने हो’, उनले भने, दश बुँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नू हुँदैन। सृजनात्मक ढंगले बुझ्नु पर्यो।’

महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पुर्याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरे। कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गरे। सचिव विष्टले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न कहिल्यै नभनेको पनि पटकपटक दोहोर्याएका थिए।

प्रकाशित: २२ आश्विन २०७८ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App