१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले पार्टी होइन, ओेली गुट हो: महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले नेकपा एमाले, पार्टी नभएर ओेली गुटमात्र भएको टिप्पणी गरेका छन्। भक्तपुरमा नेकपा(एस) को भक्तपुर जिल्ला कार्यालय उद्घाटपछि आयोजित कार्यकर्ता प्रशिक्षणमा महासचिव भुसालले सो बताएका हुन्। उनले केपी ओेलीले पार्टी कार्यकर्ताको विचारलाई सम्वोधन नगरी एमालेले अंगिकार गरेको जबजलाई समेत धज्जी उडाउने काम गरेको बताउँदै ओेलीलाई देवत्वकरण गरिएकोमा समेत आपत्ती जनाए।  

उनले बोटलमा समेत ओेलीको फोटो टाँस्नुले कम्युनिस्ट मर्ममाथि प्रहार गरेको उल्लेख गर्दै र्नु सो कामले मार्क्सवादको समेत ठाडो उलंघन भएको बताए। भुसालले नीतिअनुसार नेता चल्नु पर्नेमा नेकपा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणी गरे। अधिकांश समय ओलीले गरेका गल्तीहरुमा केन्द्रीत रहेका महासचिव भुसालले नेपालमा कम्युनिस्ट आन्दोलन जोगाउनका लागि केपी ओेली प्रवृत्तिको अन्त्यको आवश्यकतामा समेत जोड दिएका थिए।

सो क्रममा उनले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै आफ्नो पार्टीले निकट समयमै पार्टी स्कुल सञ्चालन गर्ने जानकारी दिए। नेता भुसालले नेकपा एमाले ठूलो मिहिनेतले बनाएको सम्झना गर्दै नवौं महाधिवेशनबाट चयन भएको ओेली नेतृत्वले कम्युनिस्ट लाइन छाडेको बताए। उनले कम्युनिस्ट पार्टीको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिँदै केपी ओेलीले नेतृत्व गरेको पार्टीमा हराउँदै गएपछि नेकपा (एस)को जन्म भएको बताए। उनले केपी शर्मा ओेलीले प्रतिनिधिसभा विघटन गरि जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गर्दै ओलीले सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको आरोप लगाए।  

सो अवसरमा भक्तपुरका अध्यक्ष श्याम बस्नेतले पार्टी कार्यालय उद्घाटन गरी पार्टी कार्यकर्ताका लागि प्रशिक्षण राखिएको बताए। उनले पार्टीलाई अघि बढाउनका लागि पार्टी कार्यकर्ता वैचारूपमा बलियो हुनु जरूरी रहेको बताए। उनले पार्टीको भक्तपुर समिति गठन भएसँगै वडावडामा पार्टी गतिविधि भइरहेको जानकारी दिँदै सहीदिशा, सही नीति र सही नेतृत्वका साथ अघि बढिरहेको बताए।

कार्यक्रममा जिल्ला पार्टी उपाध्यक्ष प्रेमानन्दलाल श्रेष्ठले साविकको एमालेलाई  दक्षिणपन्थी बनाउने काम ओेलीले गरेको आरोप लगाए। उनले ओेलीले पार्टीलाई दक्षिणपन्थी भासमा फसाएको कारण माधव नेपालले नेकपा (एस) गठन गरेको उल्लेख गरे।

प्रकाशित: १६ आश्विन २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App