९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वतन्त्रता हनन् हुने गरी ऐन बन्दैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन्। नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा सुरु भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ मा उनले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वन्त्रताको पक्षमा काम गर्ने बताए।

विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्च्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए। पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै मन्त्री शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गरे। सरकारका राम्रो नराम्रो पक्षलाई आमजनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पुर्याउने सम्वाहकको काम गरी पत्रकारिता जगत्ले ठूलो योगदान गरेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताए।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको विकास र व्यावसायिक रूपमा भएको योगदानको विषयमा एकीकृत गर्न नसकेको उल्लेख गर्दै त्यसको थालनी एशोसिएट प्रदेश समितिले गरेकामा खुशी व्यक्त गरे। र्नुभयो उनले महासङ्घको बन्ने नीति तथा कार्यक्रममा विधागत पत्रकारिताको आधारमा नै अगाडि बढ्ने बताए।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले कोभिडको कारणले अस्तव्यस्त भएको प्रेस जगतलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरे। नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधामा काम गर्नेमध्ये कोरोना सङ्क्रमित भएर पनि कार्यक्षेत्रमा निरन्तर खटेर काम गरिरहेका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, खेलकूद पत्रकारितातर्फ जीतबहादुर साउद, सामाजिकतर्फ गोविन्द मरासिनी, कार्टुनिष्ट विनोदचन्द मल्ल ठकुरी, फोटो पत्रकार चन्द्रबहादुर आले र आर्थिक पत्रकार मेनुका कार्की पुरस्कृत भएका छन्।  

पत्रकारिता क्षेत्रमा रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकार मोहनश्याम महर्जन, गेहेन्द्रमान अमात्य र श्याम चित्रकारलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ।

प्रकाशित: १ आश्विन २०७८ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App