१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले पार्टीको औपचारिक बैठक बालुवाटारमा नराख्ने

नेपाली कांग्रेसले पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय गरेको छ। पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परालाई तोड्दै यस्तो निर्णय गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताएका जानकारी दिए।

उनले आज आफ्नो ट्वीटरमा लेख्दै भनेका छन्, 'विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिँदैन।'

यस्तै, उनले सोही निर्णय अनुसार भोलि पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानिलकण्ठमा बस्ने पनि बताए। 'सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानिलकण्ठमा बस्दै छ,' उनले उल्लेख गरे। 

प्रकाशित: ७ श्रावण २०७८ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App