२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सहमतिको अधिकतम प्रयास भइरहेको छः शंकर पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकताका लागि सहमतिको अधिकतम प्रयास भइरहेको बताएका छन्। आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सिँहदरबारमा जारी बैठकबाट बाहिरिने क्रममा नेता पोखरेलले सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिएका छन्। 

उनले पार्टी एकता आजभोलि नै टुंग्याउने समेत बताए। पोखरेलले भने, 'सहमतिको अधिकतम प्रयास गरिरहेका छौं। सम्भवतः आज भोलि नै टुंग्याउँछौं।' यसैगरि, उनले सम्भव भएसम्म आजै निर्णय आउने पनि जिकिर गरे। 

कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ।

प्रकाशित: २५ असार २०७८ १२:४९ शुक्रबार

सहमतिको अधिकतम प्रयास नेकपा एमाले नेता शंकर पोखरेल