३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘बाँदर चरित्र’ भन्दै पार्टी नेताको आलोचना

राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा बाँदरको जमात र अमृतपानको सपना शीर्षकको कवितामा नेपालका राजनीतिक नेतामा बाँदर प्रवृत्ति हावी भएको बताएकी छन्। 

उनले राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै बिपी कोइरालाको सपना बोकेर हिँड्न सबै राजनीतिक दललाई सुझाव दिइन्। कृषकको झुपडीलाई हेरेर योजना बनाऊ भन्ने बिपी कोइरालाको सिद्धान्तलाई कसैले प्रयोग नगरेर महँगा गाडीहरूमा रमाएको उनले बताइन्। उनले आफ्नै पार्टीको नेताले अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हिँडेको भन्दै आपत्ति पनि जनाइन्। देशलाई विगतदेखि अस्तव्यस्त बनाएकाले तीन बर्षको केपी ओली सरकारले त्यसको जिम्मा लिन नसक्ने उनले बताइन्।  

उनले पूर्वप्रधानमन्त्री वरिष्ठ नेतालाई भनिन्, ‘यो बेलामा राष्ट्रका सबै शक्तिहरू एकठाउँमा उभिनुपर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ? बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन, छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुदैन।’ 

उनले दलहरूलाई भनिन्, ‘कहिले मिलेका छन् कहिले फुटेका छन्, इष्र्याको भट्टीमा आफैंलाई भुटेका छन्।’ जसले पनि सिंहदरबारको कुर्सीमा आँखा लगाउने मात्र उद्देश्य राखेको त्यहाँ जान नपाएर विनाश गर्दै हिँेको भन्दै उनले भनिन्, ‘आँखाभरि लोभ पापको पिपासा बोकेर आजकल बेबारिसे बाँदर विनाशका मेलामा जुटेका छन्।’ अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे भन्दै उनले पार्टी एकता गरेर फेरि फुटको राजनीति गरेकोमा आपत्ति जनाउँदै भनिन्, ‘हालेको जग बचाएको भए, सुन्दर घरबास बन्न सक्थे।’ उनले यस्तो काम गर्ने मुलुकको भविष्य नसोच्नेहरू आखिर बाँदर न हुन्, भोलिको प्रतीक्षा कहाँ गर्छन् ?’

प्रकाशित: २२ असार २०७८ ०२:२३ मंगलबार

‘बाँदर चरित्र’ भन्दै पार्टी नेताको आलोचना