१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य’

विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य रहेको बताएको छ। बिहीबार विज्ञप्तिमार्फत् राजधानीको घर भाडामा लिने दिने जातीय विभेदसँग जोडिएको घटनालाई प्रभावित पार्ने गरी राज्य शक्ति दुरुपयोग गरेको जनाउँदै पार्टीले मन्त्री श्रेष्ठ पदम बस्न अयोग्य भएको दाबी गरेका थिए।

‘जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान प्रभावित भएको भनी सार्वजनिक विवरणप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ बुधबार सिंहदरबारस्थित प्रहरी कार्यलय पुगेका थिए। पार्टीले मन्त्री श्रेष्ठले अनुसन्धान प्रभावित पारेको स्वीकार्य हुन नसक्ने जनाएको थियो। ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरी कहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो।

प्रकाशित: ११ असार २०७८ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App