१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

षड्यन्त्रकारीहरूको उक्साहटमा फेरि पनि संसद्को चीरहरण भयाे: नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्। उनले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएको बताउँदै यसलाई डटेर प्रतिवाद गर्न आग्रह गरेका छन्।  

शनिवार बिहान सामाजिक सञ्जालमार्फत संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको बताएका छन्।

उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै 'कू' गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भत्र्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।’

प्रकाशित: ८ जेष्ठ २०७८ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App