८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपा तथस्ट बस्ने संकेत

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छन्।

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका उनीहरुले आफ्ना माग पुरा नभएको भन्दै मत नदिई तथस्त बस्ने बताएका छन्।

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएसंगै राजनीतिक दौडधुप बढेको छ। यस अघि ठाकुर– महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमापनि आफुहरु तथस्ट बस्न सक्ने जानकारी गराएका थिए।

प्रकाशित: २६ वैशाख २०७८ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App