१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय घेराउ

फाइल तस्बिर

लुम्बिनी प्रदेश सभाका विपक्षी दलले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । विपक्षी दलहरुले आज दिउँसो एक बजे नै ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाएपछि त्यसलाई लत्याएर प्रदेश प्रमुखले एकतर्फी रुपमा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै त्यसको विरोध गरेका हुन् ।

 प्रदेश सभाका विपक्षी दल नेपाली कांग्रेस, मओवादी केन्द्र, जसपा र जनमोर्चाले संविधान र विधि विधान विपरित मुख्यमन्त्री नियुक्त गरिएका पोखरेलको नियुक्त बदर गर्न माग गरेका छन् ।मुख्यमन्त्रीको सपथ रोक्न अहिले सबै विपक्षी दलका सांसद प्रदेश प्रमुखको कार्यालयमा छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले  प्रदेश प्रमुखको कार्यालयमा ४२ सांसदको हस्ताक्षर भएको पत्र दर्ता गराएको र एक घण्टा भित्र सबै सांसदहरुलाई उपस्थित गराउने जानकारी गराए पनि प्रदेश प्रमुखले त्यसपछि पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु विधि सम्वतः नभएको बताए । प्रदेश प्रमुखको भूमिका प्रदेश प्रमुखको जस्तो भएन उहाँले एमालेको कार्यकर्ताको जस्तो भएर काम गर्नु हुन्न’, खाँनले भने ।

  संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको सरकारको दाबी संविधान सम्बत नभएको,एमालेले पुरोना हस्ताक्षर पेस गरेको, एमालेकै एक जना सांसद कपिलबस्तुका दृघनारायण पाण्डेय ले पदबाट राजीनामा दिइसकेको र दाङका सांसद बिमला खत्री वली मओवादी केन्द्रमा गएको बारे जानकारी गराए पनि प्रदेश प्रमुखले त्यसलाइ बेवास्ता गर्दै संविधान बिपरित पोखरेललाइ नियुक्त गरेको दावी खाँनले गरे । विपक्षी गठबन्धनमा ४२ सांसदको हस्ताक्षर गरेको र पोखरेलको सपथ रोक्न निवेदन पनि दिएको उनले बताए ।

प्रकाशित: १९ वैशाख २०७८ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App