५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : जसपाले गर्‍यो चार नवनियुक्त मन्त्रीलाई कारबाही

केही दिनअघि लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त चार सांसलाई जनता समाजवादी पार्टीले कारबाही गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीको ह्विप उल्लंघन गरेका चार मन्त्रीलाई जसपाको केन्द्रीय कार्यकारीणी सभाले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो।  

पार्टीको ह्विप उल्लंघन गरेर मन्त्री बनेका सन्तोषकुमार पाण्डे, बिजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारबाही गरिएको जसपाले जनाएको छ। आफूविरुद्धको अविश्वास प्रस्तावलाई पास हुन नदिन मुख्यमन्त्री पोखरेलले सन्तोषकुमार पाण्डेलाई भौतिक पूर्वाधार बिकास मन्त्री, बिजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक बिकास मन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार बिकास राज्यमन्त्री नियुक्त गरेका थिए। ‘उहाँहरुले पार्टीको ह्विप उल्लंघन गरेकाले कारबाही सिफारीस गरेका थियौँ,’ जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले भने, ‘हाम्रो सिफारीसका आधारमा केन्द्रीय कार्यकारिणी सभाले पार्टीको सदस्य र प्रदेशसभा सदस्य नरहने गरि कारबाही गरेको हो।’

जसपाले सांस्द पद नहरने गरि कारबाही गरेपछि प्रदेशसभा सचिवालयले उनिहरु सदस्य नरहेको सूचना टाँस गरेको छ। हाल प्रदेशसभाको बैठक चालु नरहेकाले सचिवालयको सूचना पार्टीमा टाँस गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जनाएका छन्। जसपाका चार सांस्द कारबाहीमा परेसंगै लुम्बिनी प्रदेशसभा अब ८१ सदस्यीय बनेको छ। यसअघि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका दुई सांसद कारबाहीमा परेका थिए।

प्रकाशित: १६ वैशाख २०७८ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App