७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सम्पर्कविहीन भनिएका जनमोर्चाका सांसद चरक अस्पतालको आईसीयूमा

कोरोना संक्रमणका कारण आईसीयूमा राखेर उपचार भईरहेको छः अस्पताल

सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही चरक मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएको अस्पतालले बताएको छ । अस्पतालका एक उच्च अधिकारीका अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आईसीयू कक्षमा शाहीको उपचार भईरहेको अस्पतालले बताएको छ । ‘शाहीमा कोरोना संक्रमण भएको र उनको अहिले आईसीयूमा उपचार भईरहेको छ,’ अस्पताल श्रोतले भन्यो ।  

तर, गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने शाहीको रिपोर्ट नेगेटिभ रहेको बताएको छ । ‘हामीलाई बुधबार दिउँसो चारबजेसम्मको रिपोर्ट अनुसार शाहीको रिपोर्ट नेगेटिभ छ,’ निर्देशनालयका एकजना वरिष्ठ अधिकृतले भने, ‘प्रदेशसभाका सदस्यहरुको हिजै परीक्षण गरिएको हो । ती मध्ये तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो । तर शाहीको रिपोर्ट नेगेटिभ छ ।’ रिपोर्ट नै नेगेटिभ आउँदाआउँदै अस्पतालमा कोेरोना भयो भनेर उपचार गरेको भए त्यो राम्रो नहुने ती अधिकृतले बताए ।  

शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव नै संकटमा परेको छ । अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने दिन बुधबार विहानदेखि शाही सम्पर्कविहीन भएका थिए । तर, उनी मध्यान्ह अस्पतालमा भर्ना भएका थिए ।  

प्रकाशित: १५ वैशाख २०७८ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App