१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संक्रमितको उपचारमा गम्भिर बन्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश प्रदेशसभा संसदीय दलले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन प्रदेश सरकारलाइ आग्रह गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कोरोना नियन्त्रणका लागि नाकामा कडाइ गर्न र संक्रमितको उपचारका लागि प्रयाप्त जनशक्ति, उपकरणको व्यवस्थापन गर्न मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका हुन ।  

नेता कनौडियाले विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रण, संक्रमितको उपचार र अस्पताल व्यवस्थापनका लागि तत्काल प्रभावकारी उपाय अवलम्बन गर्न प्रदेश सरकारसंग माग गरेका हुन ।  

भारतबाट फकर्नेहरुको परीक्षण र तिनको भरपर्दो व्यवस्थापन नगरिदा संक्रमण समुदाय स्तरमा फैलिरहेको भन्दै उनले नाका क्षेत्रमा कडाइ गर्न माग गरेका छन । जोखीम क्षेत्रबाट आएकाहरुलाइ क्वारेन्टिनमा राख्ने र अनिर्वाय स्वाव परीक्षण गर्नुपर्ने माग कनौडियाले गरेका छन । त्यस्तै संक्रमितको उपचारका लागि अस्पतालमा प्रयाप्त बेड, अक्सिजन, स्वास्थ्य उपकरण, जनशक्तिको व्यवस्थापन गर्न माग गरेका छन् ।  

पछिल्लो समय प्रदेशका बिभिन्न जिल्लामा संक्रमितको संख्या हवात्तै बढेको छ । कोभिड अस्पतालहरु गम्भिर लक्षण सहितका संक्रमितले भरिएका छन । बेड  र अक्सिजन अभाव हुँदा कतिपय संक्रमितले उपचारै नपाइ ज्यान गुमाइरहेका छन् । स्थिति भयावह हुने संकेत देखिँदा समेत प्रदेश सरकार भने आफ्नो सत्ता र शक्ति जोगाउने खेलमा व्यस्त भएको भन्दै नेता कनौडियाले कोरोना नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।  

कन्ट्रयाक्ट ट्रेसिङलाइ प्रभावकारी बनाउन र सम्भावित संक्रमितलाइ लक्षित गरी पीसीआर परीक्षणको दायरा बढाउन समेत उनले माग गरेका छन । प्रदेशका सबै जनतालाइ पुग्ने गरी खोप आपूर्ति सुनिश्चित गर्न उच्च कूटनैतिक पहल गर्न, स्वास्थ्यकर्मीको जोखिम भत्ता र बिमा को प्रभावकारी कार्यान्वयन गर्न आग्रह समेत उनले माग गरेका छन । 

प्रकाशित: १५ वैशाख २०७८ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App