१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्। विभाजनको संघारमा पुगेका प्रधानमन्त्री ओली र नेता नेपालबीच आज फेरि भएको भेटवार्तामा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी गरेका ओली र नेपालबीच आज पनि सोही स्थानमा एक्लाएक्लै भेटवार्ता भएको हो।

प्रकाशित: ९ वैशाख २०७८ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App