विभाजनको संघारमा पुगेका प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच आज फेरी भेटवार्ता हुँदैछ।
बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी गरेका ओली र नेपालबीच आज दिउँसो दुई बजेपछि सोही स्थानमा एक्लाएक्लै भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ।
प्रकाशित: ९ वैशाख २०७८ ०८:०८ बिहीबार