७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मध्यरातमा गण्डकीको अधिवेशन अन्त्य

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी सहितका चारवटा दलको गठबन्धनमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको चालु अधिवेशन मध्यरातमा अन्त्य गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको चालु अधिवेशन २०७८ बैशाख १ गते बुधबार रातको १२ बजेदेखि अन्त्य गरेको प्रदेशसभा सचिवालयले बताएको छ । गुरुङ विरुद्ध विहीबार नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएको थियो । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धनमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो । चालु अधिवेशन अन्त्य भएपनि बजेट अधिवेशन नजिक भएकोले मुख्यमन्त्रीलाई सहज नभएको नेताहरुले बताएका छन् ।  

प्रकाशित: २ वैशाख २०७८ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App