५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक जारी

प्रतिनिधि सभाको चालु अधिवेशनको सातौं बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ। बैठकको शून्य समयमा सांसद्हरुले समसामयीक विषयहरुमा आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।  

त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने कार्यक्रम रहेको छ। संघीय सचिवालयका अनुसार बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख छ।

प्रकाशित: २३ चैत्र २०७७ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App