१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपाले ओलीतन्त्रको घाँस खान्नः बाबुराम भट्टराई

जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपाले 'ओलीतन्त्रको घाँस नखाने' दाबी गरेका छन्। भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीटर गर्दै रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका समेत गरेका छन्।

उनले आफ्ना नेता कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए? भनेर प्रश्न पनि तेर्साएका छन्।

उनले लेखेका छन्, 'रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए? जसपाले ओलीतन्त्रको घॉस खान्न! चेतना भया!'

प्रकाशित: १९ चैत्र २०७७ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App