६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै

आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसअघिको बैठकमा राजनीतिक दलका कारण नेताहरुले सम्बोधन गर्न सकेका थिएनन्।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछन्। लोक सेवा आयोगको ६१औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बुधवार राति निधन भएका पूर्वराष्ट्रियसभा सदस्य एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ।

प्रकाशित: ६ चैत्र २०७७ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App