२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्च अदालतको फैसलालाई लिएर छिट्टै पुनरावलोकनमा जान्छौं : माओवादी केन्द्र

फाइल तस्बिर।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ब्यूँताउनेगरी गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनका लागि जाने भएको छ। सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता नारायणकाजी श्रेष्ठले सर्वोच्चको पछिल्लो आदेशलाई लिएर छिट्टै पुनरावलोकनमा जाने बताएका हुन्।

‘हामीले छिट्टै सर्वोच्च अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकनमा जाने छौं। दोस्रो तत्कालीन परिदृष्यमा जोडिएका कार्यभारहरू पूरा गर्न देशका दुई प्रमुख पार्टीहरुसँग वार्ताको प्रक्रियालाई तीव्र बनाउनेछौं,’ श्रेष्ठले भने।

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकतालाई बदर गरिदिएको थियो। सर्वोच्चको उक्त फैसलापछि दुवै पार्टी अलग भइसकेका छन्।

आजको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, गणेशमान पुन, कृष्ण केसी, जयपुरी घर्ती, ओम शर्मा, प्रकाश पोखरेलसहित पार्टीका २० जना नेताहरुले बोलेका थिए।  

माओवादी केन्द्रबाट एमालेमा गएमा नेताहरुका सम्बन्धमा बैठकले थप निर्णय गरेको छैन। केन्द्रीय कमिटी बैठक केहीदिनलाई स्थगित गरिएको छ। 

प्रकाशित: २ चैत्र २०७७ १०:२४ सोमबार

माओवादी केन्द्र