८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेतृत्व नपाए कांग्रेस सरकारमा जाँदैन : प्रकाशशरण महत

फाइल तस्बिर।

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस अरु कसैको नेतृत्वमा सरकारमा नजाने बताएका छन्। नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेता महतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा मात्र सरकारमा जाने बताएका हुन्। उनले कांग्रेसले अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे।

‘त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ,’ उनले भने।

नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेकाे उनको भनाई छ। उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए। ‘कांग्रेसको मूल लक्ष्य भनेको अब आउने आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने हो। त्यो लक्ष्यबाट हामी दायाँबायाँ गर्दैनौं।’

उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए।  

प्रकाशित: २ चैत्र २०७७ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App