२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मैले १९ पृष्ठको प्रतिवेदन लेखेर केपी ओलीको बुर्जुवा हेडक्वाटरमाथि बम हानेकै हो : प्रचण्ड

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीविरुद्धको विद्रोहका लागि आफूले १९ पृष्ठ लामो प्रतिवेदन लेखेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा अध्यक्ष प्रचण्डले ओलीको गलत प्रवृत्तिलाई निस्तेज पार्न आफूले उक्त प्रतिवेदन लेखेको बताए।

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र माओवादी आन्दोलनले पैदा गरेको शक्तिलाई निस्तेज पार्न षड्यन्त्र गरेको प्रचण्डको दाबी छ।  

‘जब केपी ओलीको गलत प्रवृत्तिकाविरुद्ध अब लड्ने, लड्नुको विकल्प छैन। उनले जसरी यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने या माओवादी आन्दोलन र त्यसले पैदा गरेको शक्तिलाई निस्तेज पार्ने षड्यन्त्र अब पराकाष्ठमा पुग्यो। र, यसको विरुद्ध विद्रोह गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर १९ पृष्ठ लामो दस्ताबेज मैले लेखेँ त्यो लेख्दै जाँदा मैले मुक्ति पाएको ठान्दै गएँ,’ उनले भने, ‘म अब केपी ओलीको निरङ्कुश षड्यन्त्रबाट मुक्त भएको मैले महसुस गरेँ। मैले भन्ने गरेको छु, माओले सांस्कृतिक क्रान्तिको बेलामा बमबार्ड द  हेडक्वार्टर भनेजस्तै मैले केपी ओलीको बुर्जुवा हेडक्वाटरमाथि बम हानेकै हो। त्यहीबाट लडाइँ सुरु भएको हो।’

प्रचण्डले माधवकुमार नेपालसँग मिलेर गत कात्तिक २८ गते ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेका थिए। सोही प्रतिवेदनलाई लिएर नेकपाभित्रको विवाद गहिरिएपछि ओलीले पुस ५ गते संसद् विघटन गरेका थिए।

प्रकाशित: २८ फाल्गुन २०७७ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App