८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

धुम्बाराहीमा नेकपा लेखिएको बोर्ड हटाएर एमालेको राखियो

सर्वोच्च अदालतको फैसलाबाट ब्यूँतिएको एमालेले केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको सानबोर्ड राखेको छ। साविकको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को साइनबोर्ड हटाएर एमालेले नयाँ साइनबोर्ड राखेको हो।

गत आइतबार सर्वोच्च अदालतले निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादीको एकतालाई दिएको आधिकारिकतालाई खारेज गरिदिएको थियो। सर्वोच्चको फैसलापछि सोमबारदेखि नै एमालेका नेता कार्यकर्ताले नेकपाको साइनबोर्ड हटाएर देशभरका विभिन्न पार्टी कार्यालयलाई एमालेकरण गरिरहेका छन्।

एमालेले केन्द्रदेखि सबै तहका कार्यालयहरूलाई एमालेकरण गर्ने जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७७ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App