१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपाले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर।

जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो एक बजेको लागि दलको बैठक बोलाइएको जसपा सांसद एकवाल मियाँले जानकारी दिए। उनकाअनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल हुनेछ।

‘सत्तारुढ दल र नेपाली कांग्रेसले संसदीय दलको बैठक बसिसक्यो। हाम्रो बैठक बस्न पनि बाँकी थियो। अर्कोतिर राजनीतिमा नयाँ तरङ्ग आएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ,’ उनले भने।

आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई निर्वाचन आयोगले दिएको आधिकारिकता त्रुटिपूर्ण रहेको भन्दै खारेज गरिदिएपछि मुलुकमा नयाँ राजनीतिक कोर्स सुरु भएको छ। सोही विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७७ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App