९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

आगामी वर्षबाट हामी ‘डबल डिजिट’ वाला आर्थिक वृद्धिदर हासिल गर्छौं : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट नेपालले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दाबी गरेका छन्। साेमबार गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको बताएका हुन्।

संयुक्त राष्ट्रसंघले नेपाललाई अल्प विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफरिस गरेको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले थुप्रै उपलब्धि हासिल गरेको दाबी गरे। ‘हिजोको मात्र कुरा संयुक्त राष्ट्र संघले अब हामीलाई अल्प विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सिफारिस गरेको छ। हिजो मात्रै विश्व शान्ती सूचकांकमा नेपालले धेरै प्रगति गरेको छ। यो संयुक्त राष्ट्रसंघको आँकडा हो,’ उनले भने,‘हामीले धेरै उपलब्धि हासिल गरेका छौं र हामी दिगो विकास लक्षलाई २०३० भन्दा यतै पूरा गछौं। आगामी वर्षबाट हामी ‘डबल डिजिट’ वाला आर्थिक वृद्धिदर हामी हासिल गर्छौं। हामी चुप्प लागेर बसिरहेका छनौं। हामी नयाँ–नयाँ युगमा प्रवेश गरेका छौं, नागरिक एप्स बनाएका छौं।’

आफू पक्षीय गण्डकी प्रदेश स्तरीय भेलामा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा गएका हुन्।  

प्रकाशित: १७ फाल्गुन २०७७ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App