५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रहेनन् ‘डाक्टर बा’

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ। भारतबाट एमबिबिएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसेर त्यस क्षेत्रका बिरामीहरूको निःशुल्क उपचार गरेका थिए।

झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका ८७ वर्षे उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए। केही वर्षयता स्वस्थ्यमा समस्या आएपछि छोरा डा। सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका उनको आइतबार नै दाहसंस्ककार गरिएको छ।  डा.उप्रेतीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आफूले एक पुरानो साथी गुमाएको उल्लेख गरेका छन्। ‘पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ,’ कांग्रेस सभापति देउवालाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ।

२०४६ सालको परिवर्तनपछि कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेको कांग्रेसले जनाएको छ।  

‘नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएका उप्रेतीले चिकित्सकका रूपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा सुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षको अवधिमा लाखौं जनाको उपचार गर्नुभएको थियो,’ कांग्रेसले भनेको छ, ‘आर्थिक रूपले सामान्य स्थितिमा रहेका जोकोहि नागरिकले उप्रेतीबाट निःशुल्क उपचार पाएका थिए।’

प्रकाशित: १७ फाल्गुन २०७७ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App