१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जुलुस, नारा र भाषणबाट अदालत प्रभावित हुनै सक्दैन : प्रचण्ड

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुलुस, नारा र भाषणले अदालत प्रभावित हुन नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएका छन्। आइतबार अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चलाई दिएको लिखित जवाफमा प्रचण्डले संविधानको व्याख्या गर्ने अदालत जुलुस, नारा र भाषणबाट प्रभावमा पर्ने र पार्ने कुरा हुनै नसक्ने उल्लेख गरेका छन्।

‘सम्मानित अदालतले संविधानको व्याख्या गर्ने हो। त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन, तसर्थ हाम्रो जुलुस, नारा, भाषणले स्वतन्त्र सक्षम न्यायपालिका (अदालत) लाई प्रभाव पर्ने र पार्ने कुरा हुनै सक्दैन,’ लिखित जवाफमा लेखिएको छ,‘सरकार र उसका नातेदार अदाललाई कमजोर ठान्छन्। त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन्। तसर्थ यसमा अदालत विचलित हुनै सक्दैन। हाम्रो र मेरो दल यसमा सचेत छ। अदालतप्रति बढी विश्वास छ।

प्रचण्डको जवाफमा निवेदकले सरकारको योजना र प्रभावमा रिट निवेदन दायर गरेको समेत दाबी गरिएको छ। निवेदकले अदालतलाई कमजोर देखाउने प्रयासको गरेको उनको दाबी छ।

प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेनदमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो। प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए।

प्रचण्डले सर्वोच्च अदालतले दिएको लिखित जवाफः

प्रकाशित: १६ फाल्गुन २०७७ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App