१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम होइनः नेता नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन्।

इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको हो भने।

उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए। उनले तोकिएकै समय चुनाब हुने बताए। संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गरे।

उनले सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र आवश्यकताअनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने बताए।

प्रकाशित: ८ फाल्गुन २०७७ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App