नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेका लागि प्रस्ताव गरिएको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले पार्टीको १४औं महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
उनकाअनुसार केन्द्रीय केन्द्रीय समितिको बैठक भोलि दिउँसो ३ बजेका लागि फेरि बोलाइएको छ।
प्रकाशित: ५ फाल्गुन २०७७ १३:०५ बुधबार