१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक निकायमा नियुक्तहरुलाई शपथको तयारी

संवैधानिक परिषद‍्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तहरुलाई आज बिहान ९ बजे शपथ गराउने तयारी भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा संवैधानिक परिषद्को सिफारिस अनुसार विभिन्न आयोगका पदाधिकारीलाई प्रधानन्यायाधीशले आज शपथ ग्रहण गराउने स्रोतले जनाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइ गर्न नसकिने भन्दै संवैधानिक परिषद्को सिफारिस आइतबार फिर्ता पठाएका थिए। त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सभामुख सापकोटाले सिफारिस फिर्ता पठाएकोमा आपत्ति प्रकट गरेका थिए।

प्रकाशित: २१ माघ २०७७ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App