४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरू

फाइल तस्बिर।

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले मंगलबार पनि बहस सुरू गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई सुरू भएको हो।

मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। हिजोदेखि बहस थालेका थापाले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नै नसक्ने दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको उनकाे जिकिर छ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका छन्।

प्रकाशित: १३ माघ २०७७ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App