१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनले जलवायु परिवर्तन, कोभिड–१९ लगायत स्वास्थ्य संकट एउटा मुलुकको मात्र समस्या नभई साझा चुनौती भएकाले यस्ता चुनौतीमा वाइडेन प्रशासनले नेपाललगायत अन्य मुलुकसँग कसरी साझेदारी गर्न चाहन्छ भन्नेबारे छलफलका लागि प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका छन् । 

राजदूत बेरीले सामाजिक सञ्जाल ट्विटमार्फत प्रधानमन्त्री ओलीसँगको भेटबारे जानकारी गराएका हुन् । अमेरिकामा राष्ट्रपति परिवर्तनसँगै नेपाललगायत मुलुकलाई अमेरिकाले हेर्ने दृष्टिकोणमा परिवर्तन होला या नहोला भन्नेबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला अमेरिकी राजदूतले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित: १० माघ २०७७ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App