६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक अंगहरुलाई नियन्त्रणमा लिएर सेटिङमै संसद भंग गरीएको होः बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले योजनाबद्ध ढंगले राज्यका सुरक्षा र संवैधानिक अंगहरुलाइ नियन्त्रणमा लिएर प्रतिनिधि सभा विघटन गरीएको बताएका छन । प्रेस नेपाल रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकाय,संवैधानिक अयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर राष्ट्रिय अन्तराष्ट्रिय सेटिङमा संसद भंग गरेको आरोप लगाएका हुन ।

‘अदालत बारे मैले बोल्नु उयुक्त हुन्न तर अरुले प्रश्न उठाइरहेका छन । सुरक्षा निकाय,संवैधानिक आयोगहरुमा आफ्ना मान्छे भरेर सबै अंगहरु नियन्त्रणमा लिइसकेपछि संस बिघटन गरीएको छ’ पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले भने । असंवैधानिक तरीकाले राष्ट्रिय अन्तराष्ट्रिय  सेटिङमै गरीएको संसद बिघटनले मुलुकलाइ दुर्घटना तर्फ धकेलेको र विदेशी हस्तक्षेप बढ्ने खतरा बढेको औल्याए । भट्टराइले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर देशलाइ दुर्घटनाबाट बचाउनु पर्नेमा जोड दिए । अदालतलाइ प्रभावमा पार्न खोजीएकाले  सुनुवाइ प्रक्रिया लम्ब्याइएको आशंका पनि व्यक्त गरे ।  

ओली कमजोर तर चरम महत्वाकाँक्षा र निरंकुशतामा रमाउने शासक भएकाले छिट्टै पतन हुने दावी नेता भट्टराइले गरे । बैशाखमा कुनै हालतमा चुनाव नहुने भन्दै उनले सर्वोच्चले संसद पुर्नस्थापना नगरे तेश्रो जनआन्दोलन गरेर पुनःस्थापना गर्नुपर्ने धारणा राखे । ओली समुह र कमल थापाको पार्टी बाहेका राजनीतिक शक्तिहरु एक ठाँउमा उभिएर तेश्रो जनआन्दोनल गर्नु पर्नेमा उनले जोड दिएका हुन । नेता भट्टराइले संसद पुनःस्थापना नभएसम्म  आफनो पार्टी प्रदेश सरकारमा सहभागी नहुने पनि बताए ।

प्रकाशित: ९ माघ २०७७ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App