१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विद्यार्थीको बयलगाडा प्रदर्शनमा प्रहरी हस्तक्षेप

विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। तस्बिर : केशव थोकर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुको बयलगाडा प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको माइतिघर मण्डलामा बयलगाडा ल्याएर आएका विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको हो।  

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बयलगाडासहित नारा लगाइरहेका विद्यार्थीहरुबाट प्रहरीले बयलगाडा खोसेको थियो। बयलगाडा खोस्ने क्रममा केहीबेर विद्यार्थी र प्रहरीबीच झडप भएको हो।  

आन्दोलनरत विद्यार्थीहरुले बयलगाडाले प्रधानमन्त्री ओलीको विचाधारालाई प्रतिनिधित्व गर्ने बताएका छन्।  

पुस २१ गते बसेको प्रचण्ड–नेपाल निकट विद्यार्थीहरुको बैठकले संसद् विघटनविरूद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जसअनुसार आज उनीहरुले बयलगाडा प्रदर्शन गरेका हुन्।  

प्रकाशित: २६ पुस २०७७ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App