६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उल्का भो ! ज्याकमा बेपत्ताबारे मैले गरेको ट्विट कसले गायब पार्‍याे : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले चीनका अर्बपति ज्याकमा बेपत्ता भएको विषयमा आफूले सोमबार बेलुका गरेको ट्विट गायब भएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।  

मंगलबार फेसबुकमा स्टाटस लेख्दै संग्रौलाले भनेका छन्, ‘उल्का भो ! चीनका महाधनाढ्य ज्याकमा बेपत्ता भएको प्रसंगमा चीनमा नागरिकको सुरक्षा र अस्मिताको हालतबारे हिजो बेलुका ट्विट गर्‍याथें, मेरो वालबाट त्यो ट्विट गायब भएछ।’ 

उनले अगाडि प्रश्न गरेका छन्, ‘यो गायब पार्ने चिनियाँ ‘समाजवाद’ हो कि, सी विचारधाराका नेपाली अनुयायी हुन् कि कुनै चटके चोर हो? थाहा चाहियो !’ 

प्रकाशित: २१ पुस २०७७ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App