४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्ड र माधव नेपाललाई कमल थापाको कटाक्ष : अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खान्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारविरुद्ध आन्दोलनमा उत्रेका सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललाई व्यंग्य गरेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको संसद् विघटन र चुनाव घोषणाविरुद्ध प्रदर्शन क्रममा प्रचण्ड र नेपाल काठमाडौंको माइतीघर मण्डलामा प्लेकार्ड बोकेर सडकमा बसेको तस्बिरसहित राप्रपा अध्यक्ष थापाले कटाक्ष गरेका हुन्। 

‘२०६३ सालपछि कंग्रेस/कम्युनिस्टले न्यायपालिकालगायत सम्पूर्ण राज्य संयन्त्रमा भागबन्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवादबाहेक न्याय दुर्लभ भएको छ,’ थापाले ट्विट गरेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खान सक्छ भन्ने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला।’

प्रकाशित: ११ पुस २०७७ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App