१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई दिइन् ‘महाराज’को संज्ञा

रामकुमारी झाँक्री

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निरन्तर आक्रोश व्यक्त गरिरहेकी छन्।

संसद् विघटन गराएयता नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरिरहेकी हुन्।

यसै क्रममा बुधबार राति उनले ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई महाराजको संज्ञा दिँदै व्यंग्य गरेकी छन्।  

उनले लेखेकी छन्, ‘प्रत्यक्षतर्फ बहुमतको लागि ८३ सिट आवश्यक तर ८५ देखि १२० सिट र करिब ५० लाख पपुलर भोट पाएर महाराजले ठीक ढंगले देश चलाउने रेन्त !’

गत मंगलबार बालुवाटारमा आयोजित आफूपक्षीय केन्द्रीय सदस्यको भेलामा प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका थिए। 

प्रकाशित: ९ पुस २०७७ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App