१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्।  

उनले सम्बोधन गरेको कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

आइतबार संसद् विघटन गराएपछि चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रकाशित: ६ पुस २०७७ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App