९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

अध्यादेश बदनियतपूर्ण छ, खारेज गर्नुपर्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्नु पर्ने बताएका छन्।

संसद बैठक बोलाउनु पर्ने समयमा अध्यादेश जारी गर्नु गलत भएको उनले बताए। 'दलहरुले संसद बैठक बोलाउन भनिरहेका बेला सरकारबाट अध्यादेश आउनु बदनियतपूर्ण छ,' उनले भने, 'अध्यादेश खारेज गर्नुपर्छ।'

बहुम सदस्यको उपसथितिमा बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश आज नै जारी गरेकी हुन्।

अध्यादेश अनुसार परिषदका अध्यक्षसमेत रहने प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधी उपस्थित भएमा बैठकको कोरम पुग्ने छ। यस अघि प्रधानमन्त्रीसहित ५ जना उस्थित भएमा मात्र कोरम पुग्ने व्यवस्था थियो। आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा नभएपछि बैठक साँझ ५ बजेलाई सारिएको थियो। लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न सकेको छैन।

 

प्रकाशित: ३० मंसिर २०७७ १०:०० मंगलबार

अध्यादेश संवैधानिक परिषद