६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपामा अनि सुरु भयो एकता टुट्ने रुवाबासी : खगेन्द्र संग्रौला

सत्तारूढ नेकपाभित्रको विवाद चरम बिन्दुमा पुगेका बेला लेखक खगेन्द्र संग्रौलाले यो पार्टी फुट्छ कि भनेर चिन्ता गर्नु व्यर्थ भएको भनेर व्यंग्य गरेका छन्।  

लेखक संग्रौलाले सोमबार सामाजिक सञ्जालमार्फत जो कहिल्यै एक भएको छैन, उनीहरू टुट्छ भन्नु मूर्खता भएको भन्दै कटाक्ष गरेका हुन्।  

‘सर्वोच्च कुर्सीको लालसा जुधेर केपी र पीकेका चित्तमा तिक्तताको आगोृ बलेपछि ओलीले प्वाक्क भनेछन्, अब आआफ्नो बाटो लागौं,’ फेसबुकमा संग्रौलाले लेखेका छन्, ‘अनि सुरु भयो एकता टुट्ने भो भनेर रुवाबासी। जे कहिल्यै एक भएको छैन, त्यसमा टुट्नलाई के नै छ र? टुट्ने भो भन्ने यो हावादारी रोइलो केवल पटमूर्खता हो।’

प्रकाशित: १७ कार्तिक २०७७ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App