१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कोरोनाबाट संक्रमित डा. भट्टराईले यसपालि दसैंको टीकामा यसरी मन बुझाए

गत वर्षको दसैंमा बुबाको हातबाट टीका ग्रहण गर्दै डा. बाबुराम भट्टराई। तस्बिर : उनकै फेसबुकबाट

कोरोना भाइरसबाट संक्रमित भएका कारण पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसपालिको विजयादशमीमा गत वर्ष दसैंमा बुबाको हातबाट टीका ग्रहण गर्दैको तस्बिर हेरेर चित्त बुझाएका छन्।  

यो पनि पढ्नुहोस्

डा. बाबुराम भट्टराईकाे जाेडीलाई नै कोरोना संक्रमण

आज (सोमबार) दसैंको टीकाका दिन सामाजिक सञ्जालमा त्यही पुरानो तस्बिर सेयर गर्दै जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले यसपालि टाढैबाट बुबाको आशीर्वाद ग्रहण गरिएको बताएका हुन्।  

‘कोरोना महामारीका कारण यस वर्ष विजयादशमीका दिन टाढैबाट बुबाको आशीर्वाद ग्रहण गरियो र गत वर्षको फोटो हेरेर चित्त बुझाइयो,’ डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सबैमा विजयादशमीको शुभकामना! कोरोनाबाट आफू बचौं। अरूलाई बचाऔं।’ 

प्रकाशित: १० कार्तिक २०७७ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App