७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशका सभामुख र आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ। बिहीबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि सभामुख घर्तीको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो।  

सभामुख घर्तीलाई अहिले पनि उच्च ज्वरो आइरहेको र उनी घरमै आइसोलेसनमा बसेको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिएका छन्।  

यसैबीच आज नै सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीलाई पनि कोरोना पुष्टि भएको छ। 

प्रकाशित: २३ आश्विन २०७७ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App