१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपाको ह्विप लागे देउखुरीलाई दुईतिहाइ

पाँच नम्बर प्रदेशको स्थायी राजधानीका विषयमा निर्णय लिन सोमबार प्रदेशसभा बैठक बस्दैछ । बैठकमा स्थायी राजधानीको विषयमा छलफल हुने र सर्वसम्मत नभए मंगलबार मतदान प्रक्रियामार्फत टुंगो लगाउनने सरकारको तयारी छ । मतदानभन्दा पनि सहमतीयबाटै स्थायी राजधानी तोक्न दलीय प्रयास भैरहेका छन् । प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा पेस गरेपछि प्रदेश राजनीति तरंगित बनेको छ । सरकारको प्रस्तावविरुद्ध बुटवलमा आन्दोलन चलेको छ । सत्तारुढ नेकपाले देउखुरी क्षेत्रकै पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई हिवप जारी गरिसकेको छ । नेकपाका सांसद ईन्द्रजित चौधरीले पार्टीको ह्विपमा तलमाथि नहुने बताए । यस्तो भए दाङ देउखुरी क्षेत्र स्थायी राजधानी बन्ने निश्चित छ ।  

राजधानीका लागि हुने चुनावी अंकगणित हेर्ने हो भने पनि नेकपाको ह्विपले देउखुरीको पक्षमा स्पष्ट दुई तिहाइ बहुमत जुटाउँछ । प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाइ बहुमत छ । ‘प्रदेश स्थायी राजधानी दाङ देउखुरी नै हुन्छ, यो पक्कापक्की जस्तै हो,’ सांसद चौधरीले भने, ‘किनकी नेकपाको ह्विप पूर्ण रूपमा कार्यान्वयन हुन्छ । स्थायी राजधानी देउखुरीको प्रस्तावमा स्पष्ट दुईतिहाइ बहुमत पुग्छ ।’ रूपन्देही र छिमेकी जिल्लाका केही सांसरुले भने संसदीय दलको बैठकमा सरकारले ल्याएको प्रस्तावको विपक्षमा ‘नोट अफ डिसेन्ट’ लेखेको खबर पनि सार्वजनिक भएका छन् । ‘नोट अफ डिसेन्ट संसदीय दलको बैठकमा राखिएको विषय हो,’ सांसद चौधरीले भने, ‘तर उहाँहरू पार्टीको ह्विपविरुद्ध नजाने जानु हुन्न ।’

कुल ८७ सांसद रहेको प्रदेशसभामा दुई तिहाइ बहुमत पुग्न ५८ मत चाहिन्छ । ८७ मध्ये ६० मत नेकपाको मात्रै छ । ‘प्रदेशसभामा नेकपाको कुल मत संख्या ६१ हो तर सभामुखले मतदान नगर्ने व्यवस्था अनुरूप ६० मत छ,’ सांसद चौधरी भन्छन्, ‘तर दुई तिहाइका लागि ५८ मत मात्रै भए पुगिहाल्छ ।’  प्रदेशसभामा नेकपाको मात्रै दुई तिहाइ बहुमत पुग्ने भए पनि सबै दलको सहमतिका आधारमा देउखुरीलाई स्थायी मुकाम तोक्न सर्वदलीय छलफल भैरहेको उनले वताए । ‘मतदानभन्दा पनि सबैको पायक थलोमा प्रस्ताव गरिएको राजधानीका पक्षमा सहमति जुटाउन सर्वदलीय प्रयास भरहेका छन्,’ सांसद चौधरीले भने, ‘सकभर सहमतिमै देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोकिनेछ ।’ बुटवललाई स्थायी राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसका सांसद भने अन्योलमा छन् । मतदान प्रक्रियामा कांग्रेस सांसद एक देखिने सम्भावना छैन । बुटवल तथा छिमेकी जिल्लाका कांग्रसी सांसदले देउखुरी राजधानी प्रस्तावविरुद्ध मतदान गरे पनि पश्चिम क्षेत्रका सांसद भने पक्षमै देखिएका छन् ।

प्रकाशित: १९ आश्विन २०७७ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App