१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

डा. केसीको व्यवहार एकातर्फ हेर्ने अर्कोतर्फ गर्ने जस्तो भयो : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डा. गोविन्द केसीको व्यवहार एकातर्फ हेर्ने अर्को तर्फ गर्ने जस्तो भएको टिप्पणी गरेका छन्।  

रिपव्लिक मिडियाको साप्ताहिक सो #2030 मा बोल्दै उनले डा. केसीबारे आफु सरकारमा हुँदा र नहुँदाको धारणा एउटै भएको बताए। ‘पहिले अनशन बस्दा कांग्रेसको सरकार थियो’, उनले भने, ‘अहिले हाम्रो छ। तर मेरो धारणा उहाँबारे एउटै छ।’ डा. केसीले इमोसनल ब्ल्याकमेलिङ गरेको उनले आरोप लगाएका छन्।

डा. केसीको उमेर, स्वास्थ्य र मानवीय कारणले पनि आफुले थप टिप्पणी गर्न नचाहेको बताउँदै मन्त्री भट्टराईले उनका कतिपय मागबारे आफु असहमत भएको बताए। भलै उनले मेडिकल कलेज खोल्ने लगायतका मागमा कसैको विरोध नभएको बताए।

मन्त्री भट्टराईको पुरा अन्तर्वार्ता शुक्रबार साँझ ६ बजे नागरिक र रिपव्लिका अनलाईनबाट प्रशारण हुनेछ।

 

 

 

 

 

प्रकाशित: ६ आश्विन २०७७ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App