२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ढोरपाटनको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा

बाढीको निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापासहितको टोली ढोरपाटन गएको छ। बिहीबार नै ढोरपाटनका लागि हिँडेका थापा मौसम खराबीका कारण बाटोबाट फर्किएका थिए। गृहमन्त्री थापा, सांसद देवेन्द्र पौडेल लगायत आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन गएका हुन्।  

तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत थापाले लगेका छन्। बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ। बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ। धेरै बेपत्ता छन्। त्यहाँ ३० भन्द बढी घर बगाएको बताइएको छ। सडक बाटो क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन।      

 

 

प्रकाशित: १९ भाद्र २०७७ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App