२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कम्युनिस्ट पार्टी ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था होइन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउनु पर्ने बताएका छन्। ४२ औं पुष्पलाल स्मृति दिवशमा विज्ञप्ति जारी गर्दै नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले बताएका छन्। 

उनले  यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने उल्लेख गरेका छन्। 'अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौं', विज्ञप्तिमा भनिएको छ, 'आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ।'  

कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको नेपालले बताएका छन्।  

 

प्रकाशित: ७ श्रावण २०७७ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App