मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एकहप्ताको अवधिमा दुई महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए ।
यस्ता घटनाहरुले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरू सेयर नगर्न उनले आग्रह गरेका छन् । भिडियोहरू देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उनले आग्रह गरे ।
प्रकाशित: २२ असार २०७७ ११:५६ सोमबार